दफा ४६
गुठी जग्गाको हाट–बजार सम्बन्धमा
(१) प्रचलित नेपाल कानुनमा जुनसुकै कुरा लेखिएको भएतापनि गुठीको जग्गामा लाग्ने हाट, मेला वा बजारबाट गाउँपालिका वा नगरपालिकाले उठाएको रकम वा दस्तुरको पचास प्रतिशत रकम संस्थानमा बुझाउनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि संस्थानले चाहेमा त्यस्तो हाट, मेला वा बजार लाग्ने गुठी जग्गा संस्थानले आफैं व्यवस्था गर्न वा उपयोग गर्न सक्नेछ ।